• आश्विन २९ २०८३, बिहीबार

भारतको गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, ७ जनाको उद्धार

आश्विन २८ २०८३, बुधबार

काठमाडौँ । भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको । बिहारस्थित वैशाली जिल्ला अन्तर्गत राघोपुर थाना क्षेत्रमा गएराति डुङ्गा पल्टिँदा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति डुङ्गामा सवार थिए। भगतान टोल ९रामपुर श्यामचन्द पञ्चायत० मा माता महारानी स्थान नजिकै सिंहेश्वर राय नामक व्यक्तिको घरमा भोजका लागि उनीहरु जाँदै थिए ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार सात जनाको उद्धार गरिएको छ र उनीहरूलाई नालंदा मेडिकल कलेज एन्ड हस्पिटल पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।

दुर्घटनाको कारण भने खुलाइएको छैन । दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।