• आश्विन २७ २०८३, मंगलवार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

आश्विन २५ २०८३, आईतवार

धनगढी । लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट प्रस्तुत गरेका हुन्।

बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्नेछन्।