काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यको इरी सहरमा स्थानीय समयानुसार शुक्रबार भएको गोलीकाण्डमा संदिग्ध आक्रमणकारीसहित नौजनाको ज्यान गएको छ ।
जर्जियाको डग्लासमा स्थानीय समयानुसार शुक्रबारै मध्यराति भएको अर्को गोलीकाण्डमा पाँचजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
इरीमा भएको गोलीकाण्डको कारण खुल्न सकेको छैन । इरी सहर पिट्सबर्गबाट करिब १८८ किलोमिटर उत्तरमा पर्छ । मृतकमा दुई बालबालिका र एक गर्भवती महिला पनि छन् । प्रहरी घटनास्थलमा पुग्नुअघि नै नौजनाको मृत्यु भइसकेको जनाइएको छ ।
डग्लासमा भने घरमा गोली चलेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले पाँचजनाको शव फेला पारेको थियो ।