• आश्विन २५ २०८३, आईतवार

रास्वपाका रोल्पा जिल्ला सभापति रमेश थापाले पार्टी छाडे

आश्विन २४ २०८३, शनिबार

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका रोल्पाका निवर्तमान जिल्ला सभापति तथा संस्थापक रमेश थापाले पार्टी छाडेका छन् ।
जिल्लामा शुरूवाती चरणबाट काम गरेका उनले प्रदेशमा पदाधिकारी, केन्द्रीय समितिमा चाहना राखे पनि नपाएपछि असन्तुष्ट थिए ।

अहिले सामाजिक सञ्जालमा आफू स्वतन्त्र रहेको घोषणा गरेको त्यहाँस्थित पत्रकार मानसिंह विकले बताए ।
पार्टीको केन्द्रीय सदस्यमा नपरेपछि इन्जिनियर थापाले राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् ।

रोल्पामा कठिन परिस्थितिमा पार्टी संगठन निर्माण गरेका थापाले गत निर्वाचनमा रास्वपालाई जिल्लामा दोस्रो स्थानमा पुर्‍याएका थिए ।

थापाको बहिर्गमनलाई रास्वपाको नेतृत्व छनोट र राजनीतिक दिशासँग जोडेर हेरिएको छ ।
रोल्पामा पार्टी संगठन निर्माणमा योगदान दिएका थापा बाहिरिँदा पूर्वप्रहरी अधिकारी विक्रमसिंह थापालाई रास्वपाले रोल्पामा पठाएको छ ।

थापा निकट स्रोतका अनुसार, पार्टीमा लामो समय योगदान दिएका व्यक्तिको उपेक्षा र नयाँ नेतृत्वलाई दिइएको प्राथमिकताले रास्वपाको राजनीतिक दिशा र भविष्यबारे प्रश्न उठाएको छ ।