• आश्विन २० २०८३, मंगलवार

२ दिने बिदाले व्यापार गर्नै नसकिने अवस्था आएकाे व्यवसायीकाे गुनासाे

आश्विन १९ २०८३, सोमबार

काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाले व्यापार व्यवसायमा असर परेको बताएका छन् ।
सोमबार आयोजित उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता समितिको कार्यक्रममा उनीहरूले दुई दिने बिदा र अरू सार्वजननिक विदाका कारण व्यापार व्यवसाय नै गर्न नसक्ने अवस्था आएको बताएका हुन् ।

उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले दुईदिने बिदा बाहेक थप ४० दिन बिदा रहेको र त्यसै अनुसार बैंक बन्द हुँदा समस्या भएको बताए ।

उनले ४० दिनको बिदालाई १५ दिनमा झार्ने भनिए पनि त्यो कार्यान्वयन नभएको बताए । उनले दुई दिनको विदा घटाउनैपर्ने उनको भनाइ छ। बैठकमा उद्योगीहरूले बैंकलाई श्रम ऐन अनुसार नै विदा दिनुपर्ने माग समेत गरेका थिए ।