• आश्विन १८ २०८३, आईतवार

आदिवासी महिला नेतृत्वमा आउनुपर्छ–डा.बज्राचार्य

आश्विन १७ २०८३, शनिबार

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको प्रथम संघीय परिषद् बैठकमा बोल्दै संस्कृतिविद् तथा प्राध्यापक डा. चुन्दा बज्राचार्यले आदिवासी महिलाहरू राजनीतिक तथा सामाजिक नेतृत्वमा अघि बढ्नुपर्ने बताइन्।

उनले आगामी प्रदेश निर्वाचनमा आदिवासी महिलाहरूले समेत सक्रिय सहभागिता जनाउँदै नेतृत्वमा पुग्नुपर्ने उनको भनाइ थियो।

डा.बज्राचार्यले आदिवासी भाषा, धर्म, संस्कृति तथा सम्पदा संरक्षणका लागि राज्यलाई निरन्तर खबरदारी गर्नुपर्ने बताउँदै भाषा आदिवासी समुदायको पहिचानको महत्वपूर्ण आधार भएको उल्लेख गरिन्।
उनले आदिवासी महिलाहरू महिला संस्थामा मात्र सीमित नभई आदिवासी जनजाति महासंघको नेतृत्वमा समेत आउनुपर्ने भन्दै आदिबासी महिलाले क्षमता र दक्षता विकास गर्न आग्रह गरिन्।