• आश्विन १४ २०८३, बुधबार

नेपाली चेलीमाथि पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय दिलिपचन्द्र पक्राउ

आश्विन १३ २०८३, मंगलवार

झापा । झापाकाे बिर्तामोड नगरपालिका ५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतकाे किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलीपचन्द्र रायलाई याे अभियाेगमा प्रहरीले पक्राउ गरेको हो।

असोज १२ गते राति साढे १० बजे इलाम घर भएकी २२ वर्षीया युवतीको कोठामा पेट्रोलसमेत बोकेर प्रवेश गरेका थिए । उनले तन्ना च्यातेर उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिइएको हो। घटनामा घाइते रविना मगरको मनमोहन अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ। दिलीप चन्द्र रायबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।