• आश्विन ८ २०८३, बिहीबार

भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतकाे परमादेश

आश्विन ८ २०८३, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले लेखक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइपछि बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले प्रहरीलाई उक्त आदेश दिएको हो ।

दाहाललाई २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन आदेश भएको थियो । दाहाल मोरङको बेलबारीबाट आइतबार पक्राउ परेका थिए ।

आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक अभिव्यक्ति दिँदै प्रचार गरेको आरोप उनीविरुद्ध थियो ।