काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टारमा पहिरो गएको छ । पहिरोले अपिहिमाल गाउँपालिका–१ को भट्टारगाउँ प्रभावित भएको छ ।
पहिरोले अपिहिमाल बेसक्याम्प जाने मूलबाटाे पूरै अवरुद्ध भएको खण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक खडक सिंह लोथ्यालले जानकारी दिए ।
पछिल्लो सयम अपिहिमाल बेसक्याम्प घुम्न जाने पर्यटक बढेका छन् । पहिरोका कारण स्थानीयसमेत त्रासमा छन् । पहिरोका कारण चौलानी नदी पनि केही समय थुनिएको थियो ।