• भाद्र १९ २०८३, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार

भाद्र १९ २०८३, शुक्रबार

नुवाकोट। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो ।

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए ।