काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा शव संकलन गरिएको हो ।
रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा २, नुवाकोटमा २, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीपछिको विपद्मा हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ ।
विपद्मा परेकाको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी खटिएका छन् ।त्यस्तै, बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।