काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा बृहद रक्तदान तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको उद्घाटन नेपाल मगर संघका अध्यक्ष रक्षाबहादुर रैकामगरले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा ६ दर्जन रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रमकै शिलशिलामा नेपालका प्रथम सहिद लखन थापाको तस्वीरमा माल्यार्पण गरियो ।
सोही समारोहमा मगर समुदायको तर्फबाट २०८३ सालको एसईई तथा जोड दुई कक्षा पास गर्न सफल उत्कृष्ट मगर प्रतिभाहरुलाई पनि सम्मान गरिएको छ । एसईई २०८३ मा मगर समुदायबाट सफलता प्राप्त गरी सम्मानित हुने विद्यार्थीहरुको नामावली यसप्रकार छ ।
नान्सी थापामगर, समिक्षा मगर, ऋतिका मगर, नीशा बराल, भूमिका मगर, अनिशा पुनमगर, बिन्दिया घर्तीमगर, प्रतिक्षा बुढामगर, रोशन पुनमगर, सत्कार घर्तीमगर उन्नया घर्तीमगर, आशिष पुनमगर, सन्तोषी मगर, केभोन रानामगर, अलिना लावामगर रन्जिता आलेमगर,
नितिन आलेमगर, सरगम थापामगर, प्रीति रानामगर, निर्मला क्षेत्रीमगर निरिशा आलेमगर, मनोज आलेमगर, करिना थापामगर, साक्षेस थापामगर, खुशी थापामगर इसहान बुढामगर, करण घर्तीमगर, रेजिना घर्तीमगर, जोन बुढामगर, संगम रानामगर नम्स जेडीमगर, उषा जेडीमगर, मनदीप थापामगर र ईश्वर पुनमगर ।
यसैगरी मगर समुदायबाट ०८३ सालको जोड दुईको परिक्षामा सफलता प्राप्त गरी सम्मानित तथा पुरस्कृत हुने विद्यार्थीहरुको नामावली यसप्रकार छ ।
रेगोन थापामगर, सुसन मगर, रोहित पुनमगर, चोलिन्द्रा आलेमगर, प्रेमिका थापा मगर, सुप्रिम पुनमगर, वर्षिला राना, रिजन आले, इन्द्र बुढाथापामगर, मेलिना थापामगर, दिनेश पुनमगर, रोशन पुनमगर, दिलिप रोकामगर, प्रतीक थापामगर, निमबहादुर खियाङमा मगर, बिकेन आलेमगर, सोफिया थापामगर, कृपा रोकामगर, बेनिशा थापामगर, ओसिङ जेडीमगर, रोशन मगर, ऋतु पुनमगर, आशिष थापा, सुभाष थापा मगर र अन्जली रानामगर ।
सो अवसरमा मगर भाषाको ‘पीहुनी’ अर्थात् ‘गाउँखाने कथा’ पुस्तकको नेपाल मगर संघका अध्यक्ष रक्षा रैकामगरले विमोचन गरे । नेपाल मगर संघका पूर्वअध्यक्ष टोपबहादुर थापाले आज विमोचित पुस्तकका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा सरकारका विभिन्न क्षेत्रमा नाम निकाल्न सफल सरकारी कर्मचारीहरुलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।
उक्त अवसरमा मगर समुदायबाट उदाएर नेपाली चलचित्र र कला क्षेत्रमा सफलता हासिल गरेकी कलाकार मिरुना मगर, बहुप्रतिभाशाली कलाकार तेरिया फौजामगर, खेल क्षेत्रका प्रतिभाहरु अर्पन थापामगर, प्रदीप बैजालीमगर, त्रिविबाट आचार्य पास गर्न सफल दीपेश सिंजालीमगर, नेपाल मगर महिला संघका अध्यक्ष चित्रा श्रीषमगर, अथार मगरात कलाकर संघका अध्यक्ष खड्कबहादुर पुन ‘खबपु’ लगायतका प्रतिभा तथा व्यक्तित्वहरुलाई पनि सम्मान गरियो ।
सम्मान समारोहपछि सम्मानित श्रष्टाहरुको तर्फबाट नायिका मिरुना मगरले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रममा सम्मानित हुने प्रतिभाहरु तथा उपस्थितहरुलाई विभिन्न अतिथिहरुले शुभकामना मन्तव्यद्धारा शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेपाल मगर संघका अध्यक्ष रक्षाबहादुर रैकामगरले नयाँ र उदियमान विद्यार्थी तथा कलाकर्मीहरुलाई दिइएको पुरस्कार र सम्मानलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । अहिलेको शिक्षा वैज्ञानिक र व्यवहारिक हुँदै गएको भन्दै अध्यक्ष मगरले आफ्नो रुची र बाआमाको भावनालाई पनि चिनेर पढाइको विषय रोज्न अनुरोध गरे । एक सन्दर्भमा उनले मगर भाषा र संस्कृति बारे पनि जान्न र बुझ्न जरुरी भएको पनि बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको तर्फबाट मन्तव्य राख्दै साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक किरणबाबु पुनले सम्मानित विद्यार्थीहरु तथा श्रष्टाहरुप्रति सफलताको शुभकामना व्यक्त गरे ।
पुनले विभूषित हुनु भनेको आफूलाई थप जिम्मेवारी प्रदान भएको छ भन्ने बुझेर आफ्नो समुदाय र देशकै लागि केही नयाँ काम गर्ने अठोट लिनु पर्ने बताए । एक प्रसंगमा महाप्रबन्धक पुनले मगर समुदायको पहिचान र राष्ट्रकै इज्जतको लागि गरिने कामहरुमा पनि सबैले ध्यान दिनु पर्ने बताए । उनले अभौतिक साँस्कृतिक सम्पदा सूचिकृत गर्ने अभियानलाई साथ दिन पनि आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाल मगर संघ समन्वय समिति केन्दीय समितिका सल्लाहकार कृष्णबहादुर थापाले आर्थिक समृद्धि, साँस्कृतिक समृद्धि र राजनीतिक समृद्धिमा मगर समुदायका बालबालिकाहरु जागरुक भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का वक्ता विशिष्ट अतिथि नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक जगत रेश्मीमगरले पनि सम्मानित ब्यक्तिवहरु सहित सबैलाई बधाई तथा शुभकामना दिए ।
यसैगरी सम्पर्क समन्वय केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तथा संरक्षक झबिन्द्र पुनले आज सम्मानित तथा पुरस्कृत हुने कलाकर्मी तथा विद्यार्थी भाईबैनीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै समाजमा सेवाको भावना विकास गर्न यस्ताखाले कार्यक्रम गर्दै जानु पर्नेमा जोड दिए ।
कार्यक्रमका अर्का अतिथि वक्ता नेपाल मगर महिला संघका अध्यक्ष चित्रा श्रीषमगरले कार्यक्रममा रक्तदान गर्ने रक्तदाता र पुरस्कृत हुने विद्यार्थीहरुप्रति आभार व्यक्त गरिन् ।
सो समारोहमा रक्तदान, तथा पुरस्कार तथा सम्मानपत्र वितरण कार्यमा सहयोग पुर्याउने सहयोगीहरुलाई कदर पत्र पनि प्रदान गरिएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ सम्पर्क समन्वय केन्दीय समितिका अध्यक्ष झलक थापामगरले रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम गर्न प्रेरणा प्राप्त भएको धारणा राखे ।
कार्यक्रमको संचालन नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका महासचिव बुद्धिमाया पुनले गरेकी थिइन् । तस्वीरहरू : राेमन बुढामगर ।