मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। पहिला गरेको कामको राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कामले नाम र इनाम दिलाउने छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
संवाद गर्ने शैली सबल हुनेछ। व्यापार व्यवसायलाई लिएर उच्चपदासीन व्यक्तिसँग भेटघाट लाभदायी रहनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
परिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोस्। भावनामा आएर कुनै निर्णय नलिनुहोला। सफलताको लागि अलि धेरै संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा नेतृत्व क्षमता देखिनेछ। पद प्रतिष्ठामा वृद्धि हुने संकेत छ। व्यापार व्यवसायमा नयाँ सम्झौताहरूले भविष्यलाई लिएर नयाँ योजना बनाउनुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ योजनाहरू सफल रहनेछन्। स्वास्थ्यमा हल्का थकान महसुस हुनेछ। सामाजिक कार्यक्रमहरूमा सम्मलित भइएला। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्ध सुमधुर रहनेछ। कर्मक्षेत्रमा गरेको कार्य सिद्ध हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
समयलाई आफ्नो अनुकूल बनाउन नसकिएला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा र परिवारमा आइरहेका समस्याको समाधान हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
संवाद र भाषण शैलीमा आफ्नो प्रतिभालाई जनाउन सकिनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। चलिरहेको कामले गति लिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कामको खोजीमा आफन्तबाट टाढिनुपर्ला। नसोचेको स्थानबाट धन प्राप्त होला। संगीत वा कलात्मक क्षेत्रबाट शुभ सूचना सुन्न पाइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
गृहिणीहरूले घरमा हातहतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आर्थिक योजना गोप्य राखेर अघि बढाउनु लाभदायक हुनेछ। काममा धैर्यले राम्रो परिणाम ल्याउनेछ। परिवारको पुरानो विषयमा समझदारी बन्न सक्छ। आजको शुभ रंग धुमिलो निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आय बढाउने विचारले आकार लिनेछ। सामाजिक घेरामा तपाईंको भूमिका बढ्नेछ। समूहमा गरिएको कामबाट उपलब्धि मिल्न सक्छ। व्यक्तिगत सम्बन्धमा खुलापन आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।