• श्रावण २१ २०८३, बिहीबार

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

श्रावण २१ २०८३, बिहीबार

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालय सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण् गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग ९नियन्त्रण० विधेयक–२०८३’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।