मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। भौतिक सुख सुविधा जुटाउन धन खर्चका योग छन्। नयाँ लगानीबाट फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
परिवारमा केही कुरालाई लिएर सबै एकमत नहोलान् त्यसर्थ नयाँ निर्णय लिनुभन्दा अघि सबैसँग विचार विमर्श गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आर्थिक पक्ष सामान्य रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापारिक वा कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। व्यापारमा लाभ प्राप्त हुनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले आत्मबलमा वृद्धि हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वास जागृत हुनुका साथै परोपकारको काममा संलग्न भइएला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिक्षित नतिजा कमजोर देखिनाले कार्य दोहोर्याएर गर्नुपर्ला। नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रफुल्लित रहनेछ। आवश्यकता दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। सोचेको कार्य समयमा सम्पादन गर्न नसक्नाले मनमा निराशा छाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
समय र अवस्था विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सास्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वाहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता विचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मेहनतको उचित फल मिल्नेछ साथै पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। आयस्रोत बढ्नुका साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नाट रचनाहरूले आफ्नो प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
घरपरिवारमा अनुकूल परिस्थिति रहनेछ। धार्मिक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। कुनै कुरालाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।