• श्रावण १८ २०८३, सोमबार

तिब्बती शरणार्थी प्रकरण : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

श्रावण १८ २०८३, सोमबार

काठमाडाैं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सीआईबी स्रोतका अनुसार उनीविरुद्ध शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सघाएको आरोप छ ।