काठमाडौं । उज्यालो नेपाल पार्टीले समसामयिक राजनीतिक परिस्थिति, आर्थिक तथा राजनीतिक प्रस्ताव पारित गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले उक्त प्रस्तावहरू सर्वसम्मत पारित गरेको हो ।
उज्यालो नेपालले आफूलाई केवल अर्को राजनीतिक दलका रूपमा नभइ नयाँ राजनीतिक संस्कार, सुशासन, उत्पादनमुखी हरित अर्थतन्त्र र सामाजिक न्यायमा आधारित राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको छ ।