• श्रावण ७ २०८३, बिहीबार

लहानस्थित राजस्व कार्यालयका कर अधिकृत ५ लाख घुससहित पक्राउ

श्रावण ७ २०८३, बिहीबार

लहान । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयमै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

कर परीक्षण गर्ने क्रममा आर्थिक लाभका लागि अनुचित लेनदेन गरेको आरोपमा आयोगले थप अनुसन्धान अघि बढाएको छ ।