• श्रावण ६ २०८३, बुधबार

दोलखाको मूलखर्कमा गएको पहिरोमा परी ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

श्रावण ६ २०८३, बुधबार

काठमाडौँ  ।  दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। पहिरोमा फसेका एक जलविद्युत् आयोजनाका चार जना कर्मचारीको भने सकुशल उद्धार गरिएको छ।

स्थानीयका अनुसार अविरल वर्षासँगै मूलखर्कमा खसेको पहिरोले स्थानीय तामाङलाई बगाएको हो। पहिरोको खबर पाएलगत्तै खटिएको सुरक्षाकर्मी र स्थानीयको टोलीले बेपत्ताको खोजतलास जारी राखेको छ।

यसैगरी, पहिरोका कारण जोखिममा परेका नजिकैको जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारीलाई भने उद्धार टोलीले सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।