• श्रावण ५ २०८३, मंगलवार

स्पेनको ऐतिहासिक जित, १६ वर्षपछि जित्यो विश्वकपको उपाधि

श्रावण ४ २०८३, सोमबार

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेलसँगै स्पेनले एतिहासिक जीत हासिल गरेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।

स्पेन विश्वकपको इतिहासमै सबैभन्दा कम (मात्र एक) गोल ब्यहोरेर च्याम्पियन बन्ने पहिलो टोली बनेको छ ।