• श्रावण १ २०८३, शुक्रबार

मगर समुदायले काठमाडौंमा साउने सक्राती अर्थात् उधेली पर्व मनाउँदै

श्रावण १ २०८३, शुक्रबार

काठमाडौं । मगर समुदायले आज पर्न गएको २०८३ सालको साउने सकराती अर्थात् उधेली पर्व विविध सांस्कृतिक कार्यक्रम गरी मनाउँदै छ । काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमामा आयोजना गरिएको सो कार्यक्रममा मगर तथा अन्य समुदायका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ ।

कार्यक्रम दिनको ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । अथार मगरात मगर प्रतिष्ठान मुख्य आयोजक रहेको सो कार्यक्रमको आयोजकमा मगर समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु रहेका छन् भने सांस्कृतिक संस्थानको तर्फबाट विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिनेछ ।