• असार २९ २०८३, सोमबार

आत्मदाह प्रयासपछि निधन भएका गणेशको पशुपतिमा दाहसंस्कार गरियाे

असार २९ २०८३, सोमबार

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको शव दाहसंस्कार लागि पशुपति पुर्‍याइएको छ ।

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेको हो ।
गणेशका दाजु मदन नेपालीका अनुसार गणेशको काजकिरिया उनका ७० वर्षीय बुबाले गर्नेछन् ।
“परम्परा अनुसार मैले गर्न मिल्दैन, बुबाआमा हुनुहुन्छ, बुबाले नै गर्नुपर्ने भयो,” मदनले भने ।
असार २५ गते राहदानी विभाग अगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । अपमान भएपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।