• असार २७ २०८३, शनिबार

जेनजी आन्दोलनमा ध्वस्त विराटनगरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

असार २७ २०८३, शनिबार

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ गतेको आगजनीबाट ध्वस्त भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट सञ्चालनमा आएको छ ।

१० महिना लगाएर पुननिर्माणपछि शनिबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो । सुपरमार्केट पुननिर्माणका लागि तीन सिफ्टमा काम भएको थियो ।

विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुन: सञ्चालनमा आएपछि उपभोक्ताको भिड लागेको छ ।