• असार २६ २०८३, शुक्रबार

गृहमन्त्रीले बाेलेकाे ‘घाँटी सुक्नेगरी’ शब्द संसदकाे रेकर्डबाट हटाउन नेकपाकाे माग

असार २६ २०८३, शुक्रबार

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ संसद्मा घाँटी सुक्नेगरी कराएर मात्रै नहुने बताएका थिए ।

उनले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सांसदहरूले व्यापक प्रश्न उठेपछि जवाफ दिएका थिए । जवाफका क्रममा उनले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो ?’ भनी प्रश्न गरेका थिए ।

उक्त विषयमा सांसद शर्माले आपत्ति जनाएका हुन् । उनले यसलाई सांसदहरूमाथि गरिएको अपमानको रुपमा व्याख्या गरे ।