• असार २६ २०८३, शुक्रबार

गणेश नेपालीलाई बचाउन धेरै काेशिस गर्याैं : गृहमन्त्री गुरूङ

असार २६ २०८३, शुक्रबार

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बच्चा मरिरहँदा भदौ २४ को पीर भनि सोधेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गणेश नेपालीको घटनाबारे जानकारी गराउने क्रममा उनले ०८२ भदौ २३ र २४ को घटना लक्षित गरी बोलेका हुन् ।

“मैले सुनिरहेको छु- २४ गते २४ गते । ८–९ महिना भयो २४ गते । बच्चा मरिरहेछ । तपाईंहरूलाई २४ गतेको पीर ?” उनले भने । उनले जेनजीको कतिपय माग पूरा नभएको बताए ।

“नियम, कानुन अड्काउने कसले बनाएको ? हामीले बनाएको हो ? कसैलाई न्याय दिँदा भ्रष्टाचार भयो भन्नुहोला फेरि त्यो पनि गर्नुपर्‍यो । गर्दा यति दुःख पाएका छौँ हामीले,” उनले भने ।

गुरुङले देशका लागि धेरै दुःख गर्न तयार भएको बताए । उनले आफूबाट शब्द चयन गर्दा गल्ती भएको होला भन्दै माफी पनि मागे ।