काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ । उपचारकै क्रममा निधन भएको वीर अस्पतालले जनाएको छ ।
काठमाडौंका एसपी पवन भटटराईका अनुसार उनलाई अस्पतालले मृत घोषणा गरेको छ । उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ६५ देखि ७० प्रतिशत जलेको थियो ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेका थिए ।
नेपालीको निधनपछि प्रहरीले घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरप्रहरीका ३ जना नगर प्रहरीलाइ नियन्त्रयणमा लिएको छ ।