काठमाडौं । प्रहरीले बल्खु क्षेत्रमा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई दुःख तथा हैरानी दिएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार (असार २४) पक्राउ गरेको कार्यालयका सूचना अधिकारी तथा एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
विगत लामो समयदेखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने गरेको गुनासो आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।