• असार २४ २०८३, बुधबार

सभामुखले कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? भनेपछि एमालेका राईकाे अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

असार २४ २०८३, बुधबार

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न? भनी दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन रूलिङ गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाइको सुरूमा नै सभामुखज्युले कान सुन्नुहुन्छ कि हुन्न? भनी अभिव्यक्ति दिएपछि उनलाई बोल्नबाट रोक लगाउँदै संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।

दोस्रो बैठकको सुरूमा नै सभामुख अर्यालले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका हुन्।

उनले भने, ‘माननीय सदस्य राजेन्द्रकुमार राईले यस अघि बोल्नु भएको आजै यस अघि बोल्ने क्रममा प्रयोग गर्नु भएको सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट म सचिवालयलाई निर्देश गर्दछु।’

यसअघि बोल्दै सांसद राईले आफूले बोलेको शब्द सुन्न नपाउँदै आवेशमा आएर सभामुख अर्यालले आफ्नो माइक काटेको गुनासो गरेका थिए।