काठमाडाैं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनावबाट आएका र युद्धबाट आएका कम्युनिस्ट पार्टीको काम एउटै भएकाले वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् ।
सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वामपन्थी आन्दोलनमा देखिएका अलमलबारे समीक्षा गर्नुपर्ने स्पष्ट पारे ।
‘चुनावबाट सरकारमा गएका माधव, झलनाथ, केपी ओली र युद्धबाट आएका प्रचण्ड, जनार्दनले गर्ने काम एउटै भयो । अन्य देशमा पनि एउटै प्रकारको भयो । यसो भएपछि जनतामा कन्फ्युजन देखियो’, उनले भने, ‘समाजवाद के हो ? बुर्जुवा जनवाद के हो भन्ने डिर्माकेसन लाइनमा कन्फ्युज पैदा भयो । अहिले हामीलै संश्लेषण गरेर ब्रेक थ्रु गर्नुपर्नेछ’, उनले भने ।