• असार १३ २०८३, शनिबार

चलचित्र ‘भागदौड’ असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने

असार १२ २०८३, शुक्रबार

नेपाली कथानक चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमका अनुसार यो चलचित्र पारिवारिक कथावस्तुमा आधारित छ।

चलचित्रले सेन्सर बोर्डबाट ‘U (Universal)’ प्रमाणपत्र प्राप्त गरेको छ। यस प्रमाणपत्रले सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर सहज रूपमा हेर्न मिल्ने वातावरण तयार भएको निर्माण पक्षले जनाएको छ।

जीवनको जटिल यथार्थ, संघर्ष र मनोरञ्जनलाई समेटिएको ‘भागदौड’ ले दर्शकलाई भावनात्मक रूपमा जोड्ने विश्वास टिमको रहेको छ। चलचित्रमा पारिवारिक सम्बन्ध र दैनिक जीवनका उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको जानकारी प्राप्त भएको छ।

निर्माता विश्वराम बिष्टले चलचित्रले नेपाली समाजको यथार्थ चित्रण गर्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्। साथै, उनले सम्पूर्ण दर्शकलाई असार २६ गतेदेखि नजिकैको सिनेमा हलमा गई चलचित्र हेरी प्रतिक्रिया दिन आग्रह गरेका छन्।