• असार ६ २०८३, शनिबार

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

असार ६ २०८३, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा रहेको छ।

सिंगापुर डलरको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा तोकिएको छ भने चिनियाँ युआनको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

यसैगरी साउदी रियालको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा, यूएई दिर्हामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा तथा ओमानी रियालको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी कुवेती दिनारको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा तथा बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।