• असार १ २०८३, सोमबार

जनकपुर उडेको बुद्ध एयरको जहाज आकस्मिक रूपमा काठमाडौं फर्काइयो

असार १ २०८३, सोमबार

काठमाडौं ।  जनकपुरका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं नै फर्काइएको छ।

सोमबार बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो।

प्राविधिक समस्या देखिएपछि जहाजलाई आपत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार जहाजका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् ।