काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकाल र सुशान्त वैद्यिक सवार सवारी दुर्घटनामा परेको छ । शुक्रबार गुल्मीको रेसुंगा नगरपालिका–४, रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, बाग्लुङबाट तम्घासतर्फ जाँदै गरेको बाप्र–०१–०२९ च ७३४३ नम्बरको कार शुक्रबार साँझ ५ः४० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनापछि सांसद ढकालले आफ्नो अवस्था ठिक रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सामान्य दुर्घटना रहेको र गाडी सवार सबैजना सुरक्षित रहेको जानकारी दिएका छन् ।
“सामान्य दुर्घटना हो । व्यक्तिलाई केही पनि भएको छैन, गाडीमा सामान्य क्षति भएको छ, भगवानको कृपाले सबै ठिक छ, सुशान्त वैदिक, म र आरपी महतो सबै ठिक छौँ । त्यही गाडीमै फर्किदै छौँ,” उनले लेखेका छन् ।