काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका एकजनाको मृत्यु भएको छ । होल्डिङ सेन्टरमा बस्दै आएका ३८ वर्षीय भेषराज दर्जीको मृत्यु भएको हो ।
उपचार क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरले जानकारी बताए ।
होल्डिङ सेन्टरमै बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल पुर्याएको थियो । अस्पताल पुग्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए ।