• जेष्ठ २१ २०८३, बिहीबार

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

जेष्ठ २० २०८३, बुधबार

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम भएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण बैंकको वेबसाइटमा हेर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।