• जेष्ठ १५ २०८३, शुक्रबार

आज २०८३ जेठ १५ गते शुक्रबार: यस्तो छ तपाईंको राशिफल

जेष्ठ १५ २०८३, शुक्रबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विश्वास गरेका व्यक्तिबाट धोका मिल्न सक्छ सावधान रहनुहोस्। राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ। सवारी साधन चलाउँदा सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। बौद्धिक र कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ सम्पर्कले गर्दा आर्थिक उन्नति हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताको राम्रो प्रतिफल मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ प्रेम प्रसंग प्रारम्भ हुने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य थालनी गर्ने योजना सफल हुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोग मिल्ला। राज्य वा प्रशासनिक योजनाहरूको लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक यात्राको सम्भावना छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूबाट राम्रो साथ र सहयोग पाइनेछ। फाइदाको स्रोत थाहपाउन सकिनेछ। राजनीतिक परिपेक्षमा लोकप्रियतामा कमी आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मविश्वास वा नयाँ जोश र सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट फाइदा मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनलाई सकारात्मक राख्नुहोस् सबै कार्य सहज हुँदैजानेछ। मित्र वा परिवारसँग सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साहित बनाउनेछ। पुरानो मुद्दा मामला सुल्झिने सम्भावना छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। एउटा काम सिध्याएर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्मकर्ममा रुचि बढ्नुका साथै धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा लाभ रहनेछ। चुनौती पन्छाउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ। माननीयजनहरूको सहयोग र साथ मिल्नेछ। अति उत्साहमा गलत निर्णय लिनुहोला सावधान रहनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।