काठमाडौं । मगर भेजा समाज नेपाल, काठमाडौं तथा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा. लि. द्वारा संयुक्त रुपमा सञ्चालित १५ दिने नेतृत्व विकास तथा उद्घोण तालिम सम्पन्न भएको छ। महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्नकोलागि उक्त तालिम गरिएको हो।

१५ दिने नेतृत्व विकास तथा उद्घोण तालिमको समापन कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला दिदीबहिनीहरुको व्यक्तित्व विकास तथा क्षमता अभवृद्धि गर्ने काम गरेको भन्दै भेजा समाज नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो। अगामी दिनहरु अझ यसरी नै महिला दिदी बहिनीको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्नकोलागि सुगम क्षेत्र मात्र नभई दुर दराजमा रहेका दिदी बहिनीहरुलाई समेटेर कार्यक्रम गर्नु पर्ने धारणा राख्नु भयो।
उहाँले भन्नु भयो–भेजा समाजले आयोजना गरेको कार्यक्रमलाई हातेमालो गर्दै आउने वर्षमा अझ यसरी नै महिलाहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तथा नेतृत्व विकास गर्नकोलागि टोखा नगरपालिकाबाट थप बजेटको व्यवस्थापन हुनेछ। उहाँले महिला दिदी बहिनीहरुले पनि आफ्नो क्षमता तथा योग्यतालाई विकास गर्नकोलागि यस्ता तालिमहरुलाई भरपूर्ण प्रयोग बताउनु भयो। उपमेयर तामाङले १५ दिने नेतृत्व विकास तथा उद्घोण तालिममा सहभागी सबैलाई धन्यवाद दिर्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नपनि सुझाव दिनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि टोका नगरपालिका वडा नं.९ का वडा प्रमुख रामभक्त घिमिरेले विकास भनेको बाटोघाटो मात्र बनाउनु नभई राज्यदेखि पछि परेका महिला, दलित, जनजाति तथा अल्पसंख्यहरुलाई यस्ता क्षमता अभिवृद्धि तालिम मार्फत उनीहरुको जीवन उकास्नु पनि विकास भएको बताउनु भयो।
उहाँले टोखा नगरपालिकाबाट यसरी नै पछि परेका समुदायहरुको जीवन उकास्नकालागि विभिन्न खाले कार्यक्रमहरु गर्दै आएको बताउनु भयो। उहाँले भन्नु भयो–विगतका केही वर्षदेखि भेजासमाजसँग यसरी नै क्षमता अभिवृद्धिका कार्यक्रमहरुमा सहकार्य गर्दै आएको र आउने दिनमा पनि यसरी नै मिलेर जनमसुदायकोलागि काम गर्नेछौं।

मगर भेजा समाज नेपालका अध्यक्ष पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) पार्वती थापामगरले कार्यक्रमको बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो। उहाँले समापन कार्यक्रममा बोल्दै महिलाहरुले आफ्नो व्यक्तिगत क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न सक्यो भने भोलि गएर यो देशको बागडोर समाल्न सक्ने बताउनु भयो। महिलाहरु आफ्नो अधिकारकोलागि आफै अगाडि बढ्नुपर्छ, संसारमा असम्भव भन्ने केही पनि नभएको बताउँदै अध्यक्ष थापामगरले भन्नु हो अब महिलाहरु यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मेयर उपमेर राज्यको हरेक तह र तप्कामा पुग्न आँट गर्नुपर्छ।
१५ दिनसम्म कार्यक्रममा सहभागी भई महिला दिदीबहिनीहरुले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासमा क्षमता अभिवृद्धि गरेकोमा खुशी व्यक्त गर्दै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै अगाडि बढ्न पनि सुझाव दिनु भयो। साथै उहाँले कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षार्थी लगायत टोका नगरपालिका परिवारलाई पनि धन्यवाद व्यक्त गर्नु भएको थियो।

१५ दिने नेतृत्व विकास तथा उद्घोण तालिमका संयोजक तथा भेजा समाज नेपालका उपाध्यक्ष खिम बहादुर थापामगरले कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पार्नु भएको थियो।

टोखा नगरपालिकाको आ.ब. २०८२।८३ को क्षमता अभिवृद्धि शीर्षक अन्तरगर्त विनियोजित बजेटबाट मगर भेजा समाज नेपाल र कुशल व्यवसाय परामर्श तालिम केन्द्र प्रा. लि.को संयुक्त आयोजनामा सञ्चालित १५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम भएको हो। यस तालिमका प्रशिक्षक भेजा समाज नेपालका वरिष्ठ अधिवक्ता गौं बहादुर आलेमगर, त्यसैगरी खिनु विष्ट तथा पूर्व डिआईजी पार्वती थापामगर रहनु भएको थियो। उक्त कार्यक्रममा अतिथिहरु घले समाज लम्जुङका अध्यक्ष तथा पूर्व प्रहरी नेपालका पूर्व केन्द्रीय सदस्य विरसिंह घले, गोल खबर मिडियाका अध्यक्ष तथा सञ्चालक जिवन बुढामगर, मगर अध्ययन केन्द्रका प्रतिनिधि पवित्रा रानामगर, टोखा नगर पालिका वडा सदस्य जगतमाया महर्जन, पत्रकार दीपा आलेमगर लगायतको सहभागीता रहेको थियो ।



सौजयन्य टोका नगरपालिका टोखा नगरपालिका मैजुबहाल, काठमाडौं र कार्यक्रम टोखा ९ को सभाहल, जागरण टोल, गोंगुबुँमा भएको थियो ।

कार्यक्रम सञ्चालन सुमित्रा बुढामगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य होटेल व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा मगर भेजा समाज नेपालका आजीवन सदस्य मगर भेजा समाज नेपालका कार्यकारी सदस्य शेर बहादुर थापा मगरले गर्नु भएको हो ।उक्त १५ दिने तालिममा ५० जना महिलाहरु सहभागी भएका थिए। निरु श्रिस, दिपा बिएली लगायतका प्रशिक्षार्थीहरुले १५ दिने तालिममा सिकेका अनुभवहरु सुनाएका थिए। समापन कार्यक्रममा ५० जना प्रशिक्षार्थीहरुलाई मगर भेजा समाज नेपालका अध्यक्ष पार्वती थापा मगरले प्रमाण पत्र बितरण सहित बधाई तथा शुभकामना दिनु भएको थियो ।photo by aled





















