• जेष्ठ ५ २०८३, मंगलवार

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले गरे पदभार ग्रहण

जेष्ठ ५ २०८३, मंगलवार

काठमाडाैं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले आजै शर्माको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका थिए ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।