काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् ।
उनले सुकुमबासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् । जसले जेसुकै गाली गरेपनि विरोध गरिरहने उनले बताए ।
उनले लेखेका छन्,‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म ! आतातायी सरकार !’
व्यवस्थापन बिनानै सरकारले सुकुमबासी बस्तीहरूमा डाेजर चलाएपछि साम्पाङ सरकारसँग असन्तुष्ट छन् ।