• बैशाख २७ २०८३, आईतवार

रवि पक्षकाे कि बालेन पक्षकाे ? भन्दै नहिंड्न सांसदहरूलाई लामिछानेकाे निर्देशन

बैशाख २७ २०८३, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् ।

आइतबार प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरे । “पार्टीको लाइनभन्दा बाहिर गएर । कुनै झुण्ड समूह, ग्रुपमा विश्वास नगर्न अनुरोध गर्न चाहन्छु,” उनले भने ।

उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरे । कहिलेकाहीँ बालेन–रवि, रवि–बालेन म यताको र उताको भन्ने कुरा गर्छन् । प्रधानमन्त्रीजी र म एकअर्कालाई कुरा गरेर बढो हास्छौँ । फलानोले यसो भन्यो भन्ने हामीलाई थाहा हुन्छ । यस्ता कुरा छ, यस्ता कुरा छलफल गर्ने भनेर,” उनले भने, “म यताको हो नि उताको हो नि भनेर हेरेका कारणले मन्त्री नभएको साथी पनि हुनुहुन्छ ।”

उनले दुईजना फुट्छन् कि भन्नेमा गुञ्जायस नै नभएको बताए । “कसैलाई रहर लागेर मिडियाका साथीहरू फुट्छन् कि क्या यिनीहरू भनेर मुख मिठ्याउनुहुन्छ, सरी । वी आर पोलिटिकल्ली मेच्योड इन अफ । हामी राजनीतिक रूपमा हुर्किसकेका छौँ,” उनले भने ।

उनले यताको र उताको भन्दै झुक्किए अर्को पटक टिकट पनि नपाइने चेतावनी दिए ।