• बैशाख २६ २०८३, शनिबार

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

बैशाख २६ २०८३, शनिबार

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेकोजसअनुसार अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा रहँदा बिक्रीदर १७८ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ भने युके पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्कको बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलरको १०९ रुपैयाँ ६१ पैसा र क्यानेडियन डलरको ११० रुपैयाँ ९९ पैसा कायम भएको छ। सिंगापुर डलरको बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा रहँदा जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ६६ पैसा र चिनियाँ युआन एकको २२ रुपैयाँ २७ पैसा पुगेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राहरूमध्ये साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियालको ४१ रुपैयाँ ५८ पैसायुएई दिरामको ४१ रुपैयाँ २५ पैसा तोकिएको छ।

त्यसैगरी मलेसियन रिङ्गेट एकको बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, दक्षिण कोरियन वन १०० को १० रुपैयाँ ३३ पैसा र थाई भाटको ४ रुपैयाँ ७० पैसा कायम भएको छ।

आजका लागि कुवेती दिनार सबैभन्दा महँगो मुद्रा बनेकोजसको बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा रहेकोभने बहराइन दिनारको ३०१ रुपैयाँ ४३ पैसाओमान रियालको ३९३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर रहेको छ। राष्ट्र बैंकले यो दर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकहरूले आफ्नै हिसाबले फरक दर तोक्न सक्ने पनि स्पष्ट पारेको छ।