काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा कायम भएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा रहेको छ।
अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिद १०९ रुपैयाँ ७० पैसा र बिक्री ११० रुपैयाँ १३ पैसा हुँदा क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ०९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५३ पैसा कायम भएको छ। यस्तै सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
एसियाली मुद्राहरू अन्तर्गत जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा तोकिएको छ। यता भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।