• बैशाख २४ २०८३, बिहीबार

महेश बस्नेतकी श्रीमतीसहित १० जना विरूद्द ज्यान मार्ने उद्याेगमा मुद्दा चलाउन प्रहरीकाे सिफारिस

बैशाख २२ २०८३, मंगलवार

काठमाडौं । प्रहरीले काठमाडौंको माइतीघरमा अनशनरत शोभा पाठकमाथि कुटपिट गर्ने समूहमाथि ज्यान मार्ने उद्योग मुद्दामा कारबाहीका लागि सिफारिस गरेको छ ।
जिल्ला प्रहरी परिसरले पाठकमाथि आक्रमण गर्ने महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन सिफारिससहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

मंगलबार परिसरले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझाएको हो । शोभा महेशलाई कारबाही हुनुपर्ने मागसहित अनशनमा बसेकी थिइन् ।
पाठकमाथि एक हप्ताअघि माइतीमै आक्रमण भएको थियो ।