• बैशाख १९ २०८३, शनिबार

बुद्ध जयन्ती शान्ति करुणा र सहअस्त्तिवको सन्देश दिने जिवित प्रतिक हो–अध्यक्ष रोकाया

बैशाख १९ २०८३, शनिबार

काठमाडौं । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले यो दिनको तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन अवसरको रूपमा बुद्ध पूर्णिमा मनाउँदै आएका छन् ।

यस वर्ष २५७० औं बुद्ध पुर्णिमा बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध पूर्णिमा मनाएका हुन् ।

बुद्ध पूर्णिमाको अवसर पारेर नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले पनि बुद्ध जयन्ती अवसरमा विविध कार्यक्रम गरी मनाएका छन् ।

बुद्ध जयन्ती कार्यक्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेम्पो मुरी निमा कुन्क्याप रोकायाले २५७० बुद्ध जयन्तीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरे । उनले कार्यक्रममा बोल्दै भने–बुद्धले देखाएको शान्तिको मार्गमा बुद्ध जयन्ती सम्पूर्ण मानव सभ्यताकालागि शान्ति करुणा र सहअस्त्तिवको सन्देश दिने जिवित प्रतिक हो । यही पावन भूमि बाट बुद्धले देखाउनु भएको मध्यम मार्ग आजको अशान्त विश्वकोलागि मार्गदर्शक प्रकाश बनेको छ । आजको युगमा बौद्ध अशान्तिका विच बुद्धको उपदेश अहिंसा, करुणा मैत्री र प्रज्ञा झनै सम्बन्धीत भएका छन् । त्यसैले हामी सबैले यी शिक्षालाई सुन्ने मात्र होइन जीवन व्यवहारमा उतार्न आवश्यक छ । हाम्रो बौद्ध दर्शन तथा प्रवद्र्धन गुम्बा विकास समितिले बुद्धको शिक्षाहरुको संरक्षण प्रवद्र्धन र गुम्वाको समुक्षित विकासमा निरन्तर क्रियाशील रहेको छ । हामी संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आध्यामिक मुल्यतर्फ डोराउन कटिबद्ध छौं । अध्यक्ष रोकायाले विश्वमा भइरहेको युद्धलाई रोक्न एक मात्र उपाय बुद्धले देखाउनु भएको शान्तिले मात्र रोक्न सक्ने भन्दै सबै मानिसहरु शान्तिको बाटोमा हिड्नु पर्ने धारणा राख्नु राखे ।

त्यसैगरी कार्यक्रममा सहभागी अथितिहरु समितिका सदस्य नीर बहादुर घलान (आचार्य छेवाङग रिग्जीन), नेपाल बोन बुद्धिष्ट महासंघका महासचिव इन्द्र रोकाया शेराप, नेपाल बौद्ध शान्ति समाजका अध्यक्ष लामा पालतङ बज्र वाइवा, कादम्वा बुदिष्ट स्कुलका प्रिन्सिपल आङछिरीङ लामा, नेपाल तामाङ धेदुङ पूर्व उपाध्यक्ष बेलीमाया तामाङ, सञ्चारकर्मी डिल्ली पाण्डे लगायतले बुद्ध जयन्तीको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

बुद्ध जयन्तीको कार्यक्रममा सहजीकरण लक्ष्मी रुम्माले गरेकी थिइन भने स्वागत मन्तब्य समितिका शाखा अधिकृत गंगा कुमारी गुरुङले गरेकी हुन् । समितिले आयोजना गरेको कार्यक्रममा सरफाइ तथा स्वयम्भू परिक्रमा समेत गरिएको थियो भने लामागुरुबाट विश्वशान्ति पाठ समेत गरिएको थियो । २५७० औं बुद्ध जयन्ती कार्यक्रम २०८३ श्री नेपाल बौद्ध शान्ति समाज स्वयम्भुमा मनाइएको हो ।