• बैशाख १४ २०८३, सोमबार

युद्धविराममा सहमत नभए इरानका तेल पाइपलाइनहरूमा विस्फोट हुन सक्छ : ट्रम्प

बैशाख १४ २०८३, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई कडा चेतावनी दिएका छन् । उनले युद्ध अन्त्यका लागि युद्धविराममा सहमत हुन केवल तीन दिनको समयसीमा दिएका छन् । फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त अवधिमा सहमति नभए इरानका तेल पाइपलाइनहरूमा विस्फोट हुन सक्ने दाबी गरेका छन् । 

ट्रम्पका अनुसार, अमेरिकाले लगाएको कडा नाकाबन्दीका कारण इरानले तेल निर्यात गर्न पाएको छैन । तेललाई जहाज वा भण्डारण ट्यांकीमा पठाउने मार्ग बन्द भएपछि पाइपलाइनभित्र दबाब अत्यधिक बढ्ने अमेरिकी पक्षको दाबी छ । तेलको बहाव अचानक रोकिँदा पाइपलाइनहरू प्राविधिक तथा प्राकृतिक कारणले फुट्न सक्ने बताइएको छ ।

ट्रम्पले यदि यसरी पाइपलाइनहरू फुटेमा तिनलाई पहिलेकै अवस्थामा फर्काउन अत्यन्तै कठिन हुने बताए । उनले इरानको तेल उत्पादन क्षमता दीर्घकालीन रूपमा घट्न सक्ने दाबी गरेका छन् ।