काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी ज्ञानपत्र बुझाएका छन् ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको प्रस्ताव कार्यान्वयन नगर्न र संस्थाको ऐतिहासिक गरिमा रक्षा गर्नुपर्ने भन्दै समितिले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएका हुन्।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेप्पो डा. मुरि निम्मा कुन्क्याप रोकाया लगायतको टोलीले राष्ट्रपतिसँग भेट गरी ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति पौडेलले बौद्ध गुम्बाको दर्शनको महत्व भएको बताए ।
उनले हिमाली भेगका जडीबुटी र बौद्ध गुम्बाहरुलाई संरक्षण गर्नुपर्ने बताए । राष्ट्रपतिले गुम्बा विकास समितिले बुझाएको ज्ञापनपत्र कार्यान्वयनको लागि सरकार समक्ष पहल गर्ने बताए ।
राष्ट्रपतिले आफूले पनि स्याङ्बोचे गुम्बाको भ्रमण गरेको स्मरण गर्दै उच्च हिमाली भेगमा अथाह जडिबुटीको खानी रहेकोले त्यसको संरक्षण र संवर्द्धन गुम्बा विकास समितिले गर्दै आइरहेको सुन्न पाउँदा खुशी लागेको भन्दै गुम्बा विकास समिति खारेज नगर्न सरकारलाई जानकारी गराउने आश्वासन दिए ।

