• बैशाख ११ २०८३, शुक्रबार

२२०० रुपैयाँले घट्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार  ?

बैशाख ११ २०८३, शुक्रबार

काठमाडौं।  आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ रूपैयााले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २० रूपैयाँमा कारोबार भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजारत्यति नै परिमाणको चाँदी पाँच हजार १३० रूपैयाँमा खरिदबिक्री भएको थियो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।