• बैशाख १२ २०८३, शनिबार

भारतीय चर्चित गायिका आशा भोसलेको निधन

चैत्र २९ २०८२, आईतवार

काठमाडौं । भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । हृदय र श्वासप्रश्वास समस्याका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी उनलाई शनिबार राति आईसीयूमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएको थियो ।

भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) निधन भएको उनका छोराले निधनको पुष्टि गरेका छन् र अन्त्येष्टि सोमबार गरिनेछ।बलिउड संगीतमा प्रसिद्ध उनीले धेरै कालजयी नेपाली गीत पनि गाएकी छन्।