काठमाडाैं । राप्रपाका महामन्त्री डा. धवल शमशेर राणाले पार्टीले प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा आफ्नाे सहमति नभएकाे बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्ताे बताएका हुन् । ‘पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन,’ उनले लेखेका छन् ।
उनले पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए
‘म प्रस्ट पार्न चाहन्छु — हामी गणतन्त्र विरोधी आन्दोलनमा छौँ। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन,’ उनले खेलेका छन् ।