• बैशाख १२ २०८३, शनिबार

उपसभामुखमा महिला उम्मेद्वार खडा गर्दै हर्कले भने- ७ भोट आउँछ कि १८९ ?

चैत्र २१ २०८२, शनिबार

काठमाडौँ ।  श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो उम्मेदवार खडा गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संकेत गर्दै नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ? ७ भोट आउँछ कि १८९ ?’

सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डीपी अर्याल निर्विरोध भइसकेका छन् ।